एजेन्सी । कुनै बेला अभिनेत्री कट्रिना कैफ र अभिनेता रणवीर कपुर गहिरो प्रेम सम्बन्धमा थिए । मिडियामा उनीहरुले विवाह गर्ने चर्चा समेत चलेको थियो । तर केही समयपछि उनीहरुको ब्रेकअप भयो । हालै एक अन्तर्वातामा कट्रिनाले रणवीरसँगको ब्रेकअपको बारेमा खुलेर कुरा गरेकी छन् ।
उनी भन्छिन्, ‘जीन्दगीमा अघि बढ्नको लागि ब्रेक लिन जरुरी छ । रणवीर र मेरो ब्रेकअपको जिम्मेवारी म लिन्छु । मबाट के कुराको कमी भयो त्यो सबै मेरो नै कमजोरी हो । ब्रेकअप भएपछि मेरो ममीले मलाई ब्रेकअप फेजबाट बाहिर आउनको लागि निकै मद्दक गर्नु भयो ।’ उनले थप्दै भनिन् ‘प्रेममा हुनु निकै सुन्दर अनुभुति हो । मैले उसको लागि धेरै गरे तर अब मलाई थाहा भयो कि उसले कहिले मलाई मेरो पहिचान दिन सक्दैन् ।’
उनीहरुको प्रेम सम्बन्ध फिल्म ‘अजब प्रेमको गजब कहानी’ बाट सुरु भएको थियो । रणवीरसँगको ब्रेकअप पछि भने कट्रिना सिंगल छिन् । रणवीर भन्दा पहिला कट्रिना सलमानसँग प्रेम सम्बन्धमा थिइन् ।





























प्रतिक्रिया