जग्गा प्रकरणबारे विष्णु पौडेलको पक्षमा उत्रिए प्रधानमन्त्री ओली

जग्गा प्रकरणबारे विष्णु पौडेलको पक्षमा उत्रिए प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललिता निवासको सरकारी जग्गा फिर्ता ल्याउने दाबी गरेका छन् । सरकारी जग्गा किनबेच गर्नेमाथि अनुसन्धान भईरहेको दाबी गर्दै प्रधानमन्त्रीले चाँडै ललितानिवासको बेचिएको जग्गा सरकारको नाममा आउने बताए । कसैलाई हुने फाइदा र नोक्सान नहेरिकन जग्गा फिर्ता ल्याईने बताए ।

उक्त जग्गा प्रकरणमा मुछिएका नेकपा महासचिव विष्णु पौडेलको भने बचाऊ गरेका छन् । नेकपा संसदीय दलको बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पौडेलबारे भ्रम फैलाईएको बताए ।

पौडेलले पदीय दुरुपयोग गरेर जग्गा नजोडेको दाबी गर्दै ओलीले भने, ‘राजाको शासनका बेला उहाँले जमिन किन्नु भएको रहेछ । त्यो बेला महासचिव कमरेड कुनै पदमा हुनुहुन्नथ्यो, उहाँले सत्ता र पदको दुरुपयोग गरेर जग्गा आफ्नो छोराको नाममा गरेको होइन ।’

पौडेललाई आक्रमण गरेर पार्टी र सरकारलाई कमजोर बनाउन खोजेको उनको दाबी छ । पौडेलले किनेको जग्गा सार्वजनिक जग्गाभित्र पर्छ कि पर्दैन ? जालझेलभित्र पर्छ कि पर्दैन ? हडपेको हो कि होइन सबै तथ्यसहित प्रस्तुत हुने प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले यो घटनालाई सरकारले ढाकछोप गरेको भन्दै कांग्रेस सभापति देउवाले लगाएको आरोपको खण्डन गरे । ‘सरकार असल नियतका साथ छानबिन गरेर जग्गा फिर्ता गराउन लागेको छ, राम्रो गरेको नदेख्ने पनि बुद्धि हुन्छ ?’ प्रधानमन्त्रीले प्रश्न गरे ।

उनले बालुवाटार जग्गा प्रकरण, वाइडबडी प्रकरण तथा होटल हायात प्रकरणको स्पष्ट छानबिन गरेर दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाए ।

Skip This
Skip This
Logo