‘मायाको फूलबारी’ मा पुष्प र सुशिला (भिडियो)

‘मायाको फूलबारी’ मा पुष्प र सुशिला (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गीतकार तथा संगीतकार सुरेश घोण्डे गुरुङको शब्द तथा संगीत रहेको नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘मायाको फूलबारी’ बोलको गीतमा गायक सुमन केसी र गायिका मेलिना राईले स्वर दिएका छन् ।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा अभिनेता पुष्प खड्का र सुशिला थापाको अभिनय रहेको छ । भिडियोमा पुष्प र सुशिला रोमान्टिक बनेका छन् ।

राजिव समरको कोरियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । कमल प्रसाईंले ड्रोन चलाएको भिडियोको सम्पादन तथा कलर सुप्रिम पराजुलीले गरेका छन् ।

Skip This
Skip This
Logo