राप्तीसोनारीको बर्फानी बाबा मन्दिरमा खानेपानी व्यवस्था

राप्तीसोनारीको बर्फानी बाबा मन्दिरमा खानेपानी व्यवस्था

केन्द्रबिन्दु
9
Shares

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित चुरे पहाडमा अवस्थित धार्मिक पर्यटकीयस्थल ‘बर्फानी बाबा’ मन्दिरमा खानेपानी सेवा उपलव्ध हुने भएको छ।

जिल्लाको धार्मिक पर्यटकीयस्थल उक्त मन्दिरमा खानेपानीको काम अन्तिम चरणमा पुगेको लुम्बिनी प्रदेश ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कृष्णा केसीले जानकारी दिए। राप्तीसोनारी–४ बैजापुरको कुम्भरमा डिपबोरिङ गरेर सात किलोमिटर टाढा उक्त मन्दिरमा पानी पुर्याइने उनले बताए।

“कुम्भरबाट बर्फानी मन्दिरसम्म पाइप बिछ्याउने काम अन्तिम चरणमा छ”, उनले भने, “बर्फानी बाबा मन्दिर रहेको डाँडामा पानी सङ्कलन गर्न ३५ हजार लिटर क्षमताको ट्याङ्की पनि निर्माण भएको छ।”

खानेपानीका लागि प्रदेश सरकारको रु ७० लाख बजेटमा काम भइरहेको छ। मुलुकका विभिन्न स्थानका साथै भारतबाट पनि बर्फानी बाबाको दर्शन गर्न आउने गरेका छन्। मन्दिरमा खानेपानीका साथै आवासको व्यवस्था गर्न भवन निर्माण जारी छ।

राप्ती सोनारी गाउँपालिका–४ का वडाध्यक्ष मीनराज खड्काले भवन निर्माण अन्तिम चरणमा पुगेको तथा त्यसनिम्ति प्रदेश सरकारले ८० लाख बजेट विनियोजन भएको बताए।

Skip This
Skip This
Logo