अभिनेत्री श्वेता खड्काले पाइन् दोस्रो जीन्दगी

अभिनेत्री श्वेता खड्काले पाइन् दोस्रो जीन्दगी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अभिनेत्री श्वेता खड्काले आफूले दोस्रो जीन्दगी पाएको जनाएकी छन् । अभिनेत्री खड्काको च्युँडोबाट तल्लो तथा घाँटीको माथिल्ला भागमा ट्यूमर भएको छ । नयाँ चलचित्र ‘हेलो जीन्दगी’ छायाँकनका लागि लण्डनमा रहेकी अभित्रेनी खड्कालाई छायाँकनको क्रममा असह्य पीडा भएपछि अस्पताल भर्ना भएकी थिईन् । अस्पतालले ट्युमर रहेको जानकारी गराएको अभिनेत्री खड्काले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएकी छन् ।

डाक्टरले तत्कालै शल्यक्रिया गर्नुपर्ने भनेपछि लण्डनबाट भारतको दिल्ली आएर द्रुत प्रक्रिया मार्फत शल्यक्रिया गरिएको र अहिले आफू स्वास्थ्य रहेको जनाएकी छन् ।

अभिनेत्री खड्काले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै सामाजिक सञ्जालमा गरेको भावनात्मक पोस्टमा लेखेकी छन्, ‘मेरो दोस्रो जीन्दगी, मसँग जीन्दगीले दोस्रो पटक खेल खेल्यो । जीवन अनिश्चित छ, त्यो सत्य हो । थाहै हुँदैन कहिले के हुन्छ र सपनाहरु आफ्नै अघि विलिन हुन्छन् । म नयाँ चलचित्र हेलो जीन्दगीमा काम गर्न नसक्ने जानकारी गराउनु पर्दा निकै दुखी छु ।’

उनले अघि लेखेकी छन्, ‘लण्डन गएको केही दिनपछि असह्य पीडा भयो । डाक्टरलाई देखाउँदा ह्याकुलोमा ट्युमर रहेको बताए र त्यसलाई हटाउनु पर्ने भने । तत्कालका लागि ठूलो समस्या नरहे पनि भविष्यमा यसले गम्भीर अवस्था ल्याउन सक्ने भनेपछि दिल्ली आएर उपचार गराएकी छु ।’

उनले आफ्नो शल्यक्रिया गर्ने डाक्टर सुरेन्द्रकुमार दाबासलाई धन्यबाद समेत दिएकी छन् । यस्तै नेपालबाट गएका डा. पंकजले पनि आफ्नो उपचारमा सहयोग गरेको जनाएकी छन् । शल्यक्रिया सफल भएको उनले जानकारी दिएकी छन् ।

उनले लेखेकी छन्, ‘मैले फेरि एकपटक जीन्दगीको भयानक अवस्थामाथि जित हाँसिल गरेकी छु ।’ उनका श्रीमान् अभिनेता श्रीकृष्ण श्रेष्ठको डिप निमोनियाका कारण २०७१ साल साउन २५ गते निधन भएको थियो । उनी त्यसपछि केही वर्ष चलचित्रबाट बाहिर रहे पनि फेरि काममा फर्किएकी थिइन् । उनले पछिल्लो पटक कान्छी चलचित्र बनाएकी थिइन् ।

Skip This
Skip This
Logo