नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

केन्द्रबिन्दु
12
Shares

चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार उक्त सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा गए राति १:३० बजेदेखि सडक दुइतर्फी अवरुद्ध भएको थियो।

पहिरो पञ्छाएसँगै अवरुद्ध सडक आज बिहान ५:३० बजेदेखि दुइतर्फी सञ्चालनमा आएको हो। सडक अवरुद्ध हुँदा रोकिएका सबै सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन्।

Logo