गगनको गनगन: कांग्रेस मात्रै नेपालको राष्ट्रिय पार्टी हो

गगनको गनगन: कांग्रेस मात्रै नेपालको राष्ट्रिय पार्टी हो

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांगेस मात्रै राष्ट्रिय पार्टी भएको दाबी गरेका छन्।

देशका बारेमा चिन्ता र चिन्तन गर्ने भएका कारण आजको दिनमा नेपाली कांगेस मात्रै राष्ट्रिय पार्टी भएको उनको दाबी थियो।

शनिबार नेपाल लोकतान्त्रिकवादी आदिवासी जनजाति महासंघको बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्वोधन गर्दै महामन्त्री थापाले देशको ठूलो पार्टी भएकै कारण नेपाली कांग्रेसमाथि संविधानको संरक्षण गर्नुपर्ने जिम्मेवारी रहेको बताए।

उनले भने, ‘आजको दिनमा कांग्रेस मात्रै नेपालको राष्ट्रिय पार्टी हो। देशको बारेमा चिन्तन गर्ने कांग्रेस बाहेक अरु कुनै पार्टी छैनन्। देशको एक राष्ट्रवादी पार्टी भएको कारण कांग्रेसको जिम्मेवारी पनि अरुभन्दा बढी छ। संविधानलाई जोगाउनुपर्ने बाध्यता छ। संविधानको अभ्यास गर्दा केही कमजोरीहरु देखिएका छन्। यसलाई संशोधन गर्ने जिम्मेवारी पनि कांग्रेसको काँधमा छन्।’

प्रदेश सरकारलाई राजनीतिक दलहरुले हलुका रुपमा लिएकै कारण प्रदेशहरुमा अस्थिरता भएको बताए। संविधानको अभ्यास गर्दैजाँदा देशको निर्वाचन प्रणाली पनि कमजोर भइसकेको उल्लेख गरे।

उनले भने, ‘प्रदेशमा अहिले यति धेरै सरकार परिवर्तन भएका छन्। हामीले प्रदेशलाई हल्का रुपमा लियौं। यसका कमजोरी हाम्रो निर्वाचन प्रणालीसँग पनि जोडिएको छ। संघले प्रदेशको अधिकार खोसिदिएको छ। यि अभ्यासका क्रममा सिकेका कुराहरु हुन। हामीले सुधार्नुपर्छ।’

नेपाली कांग्रेस अहिले पनि वीपी कोइरालाले देखाएको बाटोमा हिँडिरहेको उल्लेख गर्दै कांग्रेस एक दुई जनाको बेइमानीका कारण नबरालिने बताए।

Skip This
Skip This
Logo