फट्टेमा तीन वर्ष अघि बगाएको पुल अझै निर्माण हुन सकेन

फट्टेमा तीन वर्ष अघि बगाएको पुल अझै निर्माण हुन सकेन

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । मेलम्ची नदीमा गएराति गएको बाढीले अस्थायी पुल बगाएको छ।

मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा रहेको स्थायी पुल २०७८ सालको बाढीले बगाएपछि ह्युमपाइप राखेर बनाइएको अस्थायी पुल पनि आइतबार राती बगाएको मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले बताए।

मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ का साथै हेलम्बुको केही वडालाई उक्त अस्थायी पुलले जोडेको थियो। पुल बगाएसँगै आवातजावतमा समस्या भएको मेयर तामाङले बताए।

उक्त स्थानमा पक्की मोटरेवल पुल निर्माणका लागि नगरपालिकाले डिपिआर तयार पारेर इआइए प्रतिवेदन समेत बनाइसकेको भए पनि पुल निर्माणका लागि स्वीकृति नपाउँदा पुल निर्माण कार्य अघि नबढेको तामाङले जानकारी दिए।

प्रदेशको पूर्वाधार निर्देशनालयमा डिपीआर प्रतिवेदन पठाएका छौं। त्यहाँबाट पत्र प्राप्त हुनासाथ पुल निर्माणका लागि टेण्डर आह्वान गर्ने भनेर कुरेर बस्दा बस्दा अहिलेसम्म परिपत्र आएको छैन। हामीले यो वर्ष पनि नगरसभाबाट ८ करोड बजेट विनियोजन गरेका छौ। स्वीकृति मिल्नासाथ टेण्डर प्रकृया अगाडि बढाउँछौं,’ तामाङले भने।

पुल बगाउँदा स्थानीयलाई एक गाउँबाट अर्को गाउँ जान वारिपारी गर्न अहसज भएको छ।

Skip This
Skip This
Logo