काठमाडौं । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छ । सोमबार नगरसभाको १४ औं अधिवेशनबाट उपमेयर शिल्पा निराला कार्कीले नगर सभामा उक्त बजेट पेस गरेकी हुन् ।
महानागरपालिकाले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ५९ करोड बजेट रुपैयाँ विनियोजन गरिएको छ । ऋणको सावा ब्याज भुक्तानीमा ५ करोड, चालु आवको चालु खर्च तर्फको दायित्व भुक्तानीमा ३ करोड ३४ लाख ८३ हजार, समपूरक कार्यक्रममा ६ करोड १० लाख, वडास्तरीय योजनातर्फ ४३ करोड ३ लाख १२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको कार्कीले बताइन् ।
यस्तै बहुवर्षीय ठेक्का तथा गौरवका आयोजना एवं दायित्व सरिआएका योजनाहरूको भुक्तानीका लागि ५० करोड, बस्ती विकास र तराइ मधेस समृद्धि कार्यक्रम तर्फ रु ५ करोड ६० लाख, मर्मत सम्भार तर्फका लागि १० करोड तथा भारी सवारी साधन खरिदका लागि २ करोड रुपैयाँ बजेटको विनियोजन भएका छ ।
उपप्रमखु कार्कीका अनुसार सामाजिक विकास क्षेत्र अन्तर्गत शैक्षिक विकास कार्यक्रम तर्फ ७८ करोड ७८ लाख १ हजार, स्वास्थ्य विकास कार्यक्रम तर्फ २० करोड ५७ लाख ९३ हजार, महिला लक्षित कार्यक्रम तर्फ ९९ लाख ५७ हजार, संघ संस्थातर्फ २ करोड ७० लाख रुपैयाँ बजेटको व्यवस्थापन गरिएको छ ।
यस्तै आदिवासी जनजाति, दलित, मधेशी, तथा यौनिक तथा अल्पसङ्ख्यकतर्फ ६२ लाख ८६ हजार, बालबालिका लक्षित कार्यक्रमतर्फ रु ७० लाख ८० हजार, युवा विकास कार्यक्रम तर्फ ९५ लाख ८४ हजार, खेलकुद विकास कार्यक्रमका लागि रु १ करोड ८ लाख, रोजगार प्रवर्द्धन कार्यक्रमतर्फ ७० लाख ४६ हजार बजेट विनियोजन महानगरले गरेको छ ।
ज्येष्ठ नागरिकतर्फ ९ लाख ९५ हजार, अपाङ्गता क्षमता विकास कार्यक्रमतर्फ २८ लाख ८ हजार, आर्थिक विकास क्षेत्र अन्तर्गत कृषि विकास तर्फ १ करोड ३ लाख, पशुपंक्षी तथा भेटनरी तर्फ १ करोड ५३ लाख ९७ हजार रुपैयाँ बजेट विनियोजना भएको कार्कीले जानकारी दिइन् ।
यसैगरी, सहकारी तर्फ २४ लाख, उद्यमशील विकास तर्फ ५० लाख, उपभोक्ता हित संरक्षणका लागि ८ लाख ५० हजार, पर्यटन प्रवर्द्धनका लागि १ करोड ९४ लाख विनियोजन गरिएको छ ।
वन वातावरण तथा विपद् व्यवस्थापन क्षेत्र अन्तर्गत विपद् व्यवस्थापन तर्फ रु १ करोड २० लाख, वन वातावरण तथा जैविक विविधता तर्फ रु ३५ लाख ५० हजार तथा सरसफाइ कार्यक्रम तर्फ रु १ करोड ३० लाख विनियोजन गरिएको छ ।
यसैगरी सुशासन तथा संस्थागत विकास क्षेत्र अन्तर्गत राजस्व सुदृढीकरण तर्फ ३० लाख, नगर प्रहरी तथा ट्राफिक व्यवस्थापनका लागि ४० लाख, सहरी विकास तर्फ ९० लाख, सूचना तथा सञ्चारका लागि ६० लाख, सूचना तथा प्रविधि तर्फ ८० लाख, सुशासन तथा सेवा प्रवाहका लागि १ करोड ८ लाख ४५ हजार रुपैयाँ बजेट छुट्याएको छ ।
कार्कीका अनुसार कानुन तथा न्यायतर्फ ७२ लाख ५० हजार, फोहोर पानी प्रशोधन केन्द्र तर्फ २ करोड ९५ लाख, भू उपयोग आवास तथा बस्ती विकास कार्यक्रम तर्फ ८५ लाख ४९ हजार, विद्युतीकरण कार्यक्रमका लागि २ करोड ९ लाख बजेट विनियोजन भएको छ ।
आर्थिक वर्ष २०८०/०८१ का लागि महानगरपालिकाले ३ अर्ब ३६ करोड १७ लाख २५ हजार ६ सय २६ रुपैयाँ बराबरको बजेट ल्याएको थियो । महानगरले संघीय सरकार सशर्त अन्ुदान ८० करोड ७७ लाख, विशेष अनुदान ७ करोड ५० लाख समपूरक अनुदान १ करोड १० लाख रुपैयाँ भएको थियो । यसै गरी प्रदेश सरकारबाट सशर्त अनुदान ३ करोड ९० लाख ४३ हजारर समपूरक अनदुान २ करोड रुपैयाँ पाएको पनि महानगरले जानकारी दिएको छ ।





























प्रतिक्रिया