काठमाडौं । अफगानिस्तानले बंगालदेशलाई ११६ रनको लक्ष्य दिएको छ।
जारी टी-२० विश्वकपअन्तर्गत सुपर आठको अन्तिम खेलमा टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाउँदै ११५ रन बनाएको हो।
अफगानिस्तानका लागि रह्मतुल्लाह गुरबाजले सर्वाधिक ४३ रन बनाए भने कप्तान राशिद खानले १९ रन बनाएका थिए।
त्यस्तै, बंगलादेशका बलर रिशाद होसैनले ३ विकेट लिएका थिए।
सेमिफाइनलमा पुग्न अफगानिस्तानलाई यो खेल जित्न अनिवार्य छ। त्यस्तै बंगलादेशले यो लक्ष्य १२.१ ओभरमा पुरा गरेमा सेमिफाइनलमा पुग्ने छ।































प्रतिक्रिया