सार्वजनिक नहुँदै एसईईको नतिजा बाहिरिएको छैन: बोर्ड अध्यक्ष शर्मा

सार्वजनिक नहुँदै एसईईको नतिजा बाहिरिएको छैन: बोर्ड अध्यक्ष शर्मा

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले (एसईई) २०८० को नतिजा औपचारिक तवरले सार्वजनिक हुनु अगावै नबाहिरिएको दाबी गरेको छ।

बोर्ड अध्यक्ष डा. महाश्रम शर्माले एसईई २०८० को नतिजा औपचारिक तवरले सार्वजनिक हुनु अगावै नबाहिरिएको दाबी गरेका हुन्।

केन्द्रबिन्दुले अध्यक्ष शर्मासँग केही सञ्चारमाध्यमले एसईईको नतिजा औपचारिक रुपले सार्वजनिक हुनुभन्दा अगाडि नै बाहिरिएको समाचार प्रकाशित गरेको भन्दै राखेको जिज्ञासा उनले त्यस्तो नभएको दाबी गरे।

उनले भने, ‘अहिलेसम्म त्यस्तो आएको छैन। आएको भए कसरी भयो त्यो विषयमा हामी छानबिन गरौँला।’

केही सञ्चारमाध्यमले एसईईको नतिजा औपचारिक रुपमा सार्वजनिक हुनु अगावै नतिजा सार्वजनिक भएको भन्दै समाचार प्रकाशित गरेका थिए। सञ्चार माध्यममा बिहान नौ बजे नै नतिजाको मूल आशय र अङ्क सार्वजनिक भैसकेको समाचार प्रकाशित भएको थियो।

Skip This
Skip This
Logo