एसईई नतिजा: कुन जीपीएमा कति विद्यार्थी उत्तीर्ण ?

एसईई नतिजा: कुन जीपीएमा कति विद्यार्थी उत्तीर्ण ?

केन्द्रबिन्दु
69
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक गरेको छ।

बिहीबार बिहान सार्वजनिक नतिजाअनुसार ५२ दशमलव १४ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३१३ जना विद्यार्थी यस वर्षको परीक्षामा अनुत्तीर्ण अर्थात् ‘ननग्रेड’ भएका छन्।

ननग्रेड हुने छात्रको संख्या १ लाख १४ हजार ४८ छ भने छात्राको संख्या १ लाख २८ हजार २ सय ५७ रहेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ।

बोर्डका अनुसार सबै विषयमा जीपीए १.६ अर्थात् ‘डी’ ग्रेड नल्याउने विद्यार्थीको रिजल्ट ननग्रेड भएको हो।

सार्वजनिक नतिजाअनुसार ३.६० देखि ४ जीपीएसम्म (सबैभन्दा राम्रो नतिजा) ल्याउने विद्यार्थी ३१ हजार २०९ जना छन्।

त्यसमा छात्रको संख्या १६ हजार ९ सय १० छ भने र छात्राको संख्या १८ हजार २९८ छ। जीपीए ३.२० देखि ३.६० सम्म ल्याउनेको विद्यार्थीको संख्या ६८ हजार २५६ छ। जीपीए २.८० देखि ३.२० सम्म ल्याउने विद्यार्थीको संख्या ७८ हजार ८७६ छ। जीपीए २.४० देखि २.८० सम्म ल्याउने विद्यार्थी ४१ हजार १७७ छन्। जीपीए २ देखि २.४० सम्म ल्याउने विद्यार्थीको संख्या २ हजार ९५० छ। त्यस्तै, जीपीए १.६ देखि २ सम्म ६ ल्याउने विद्यार्थी ६ जना मात्रै छन्। ती सबै छात्र हुन्। यो ग्रेड ल्याउने छात्रा छैनन्।

गएको चैत अन्तिम सातासम्म सञ्चालन भएको २०८० सालको एसईई परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए।

Skip This
Skip This
Logo