राष्ट्रपति भण्डारी चीन प्रस्थान, ४० मिनेट विमानस्थल ठप्प

राष्ट्रपति भण्डारी चीन प्रस्थान, ४० मिनेट विमानस्थल ठप्प

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान गरेकी छन् । बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) को दोस्रो शिखर सम्मेलनमा भाग राष्ट्रपति भण्डारी बुधबार चीन प्रस्थान गरेकी हुन्।

उनलाई प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल, प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सिना, गृहमन्त्री रामबहादुर थापालगायतले त्रिभुवन विमानस्थल पुगेर बिदाई गरे ।

बिआरआईको दोस्रो शिखर सम्मेलन अप्रिल २५ देखि बेइजिङमा हुँदैछ । चीनले एसिया, अफ्रिका र युरोपलाई जल र जमिनबाट जोड्ने लक्ष्यसाथ ल्याएको बिआरआईमा नेपालले हस्ताक्षर गरिसकेको छ।

उनी चीन प्रस्थान गर्दा त्रिभुवन विमानस्थलको अन्य उडान चालिस मिनेट ठप्प भएका छन्। बिहान १०ः४५ देखि विमानस्थलमा नोटाम (नोटिस टु एइर म्यान) चालिस मिनेटका लागि जारी भएको विमानस्थलका प्रवक्ता प्रताप तिवारीले जानकारी दिए। भिभिआइपी उडानको समयमा विमानस्थलमा यस्तो सूचना जारी गरिन्छ।

जसका लागि अन्य सबै उडान स्थगन वा होल्ड गरिन्छ। यसरी विमानस्थल ठप्प हुँदा कैयौं उडान अवतरण होल्ड भएका छन्। राष्ट्रपति नेपाल एयरलाइन्सको एयरबस ए३२० जहाजमा चीन गएकी हुन् । सगरमाथा नामको उक्त जहाज राष्ट्रपतिको भ्रमणका लागि सरकारले चार्टर गरेको हो ।

Skip This
Skip This
Logo