टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नेपालमै बन्ने इलेक्ट्रिक बाइक यात्रीको निर्माता यात्री मोटरसाइकल्ससँग सहकार्य गर्ने भएको छ ।
प्राविधिक पक्ष यात्रीले हेर्ने र बजारीकरण पक्ष सिप्रदीले हेर्ने गरी हाल कार्य अगाडि बढाउने र आगामी दिनमा थप कार्य गर्दै जाने गरी सहकार्यको तयारी भइरहेको हो । योसँगै सिप्रदी ट्रेडिङ दुई पांग्रे सवारी बजारमा प्रवेश गर्ने भएको छ ।
यात्रीले नेपाली बजारमा पी–० र पी–१ दुई मोडलका मोटरसाइकल ल्याएको थियो र आगामी दिनमा अन्य मोडल समेत ल्याउने योजनामा बुनिरहेको छ ।































प्रतिक्रिया