ओलीले बालकोट बोलाए एमालेका मन्त्रीहरुलाई, के हुँदैछ छलफल ?

ओलीले बालकोट बोलाए एमालेका मन्त्रीहरुलाई, के हुँदैछ छलफल ?

केन्द्रबिन्दु
105
Shares

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी पार्टीका सबै मन्त्रीलाई छलफलका लागि बोलाएका छन् ।

बालकोटस्थित आफ्नो निवासमा अध्यक्ष ओलीले आज साँझ साढे ६ बजे मन्त्रीहरूलाई छलफलका लागि बोलाएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता बाक्लिएका बेला उनले मन्त्रीहरूसँग छलफल गर्न लागेका हुन् । तर, के विषयमा हुँदैछ छलफल टुंगाे छैन ।

उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा सरकारमा रहेको एमालेबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती रहेका छन् ।

Skip This
Skip This
Logo