अन्जना जोशीले जितिन् ‘कौसी क्वीन’ उपाधि

अन्जना जोशीले जितिन् ‘कौसी क्वीन’ उपाधि

केन्द्रबिन्दु
33
Shares

कौसीखेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौँमा कौसी क्वीन–२०८१ सम्पन्न भएको छ । साेमबार काठमाडौँ नयाँ बानेश्वरस्थित होटल अर्यालमा भएको चौथो संस्करणको कौसी क्वीनको उपाधि अन्जना जोशीले जितेकी हुन् । यस्तै दोस्रो स्थानमा गङ्गादेवी तिमल्सिना रहिन् भने तेस्रो उपाधि कमला घिमिरेले पाइन्।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साह उपस्थित भएकी थिइन् । यस्तै, सचिव राजेन्द्र मिश्र, तरकारी बाली विकास केन्द्रका प्रमुख दिनेशप्रसाद सापकोटा, कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुख तेजप्रसाद दवाडीलगायत पनि कार्यक्रममा अतिथिका रूपमा उपस्थित भएका थिए । मन्त्री शाहले नै विजेता अन्जना जोशीलाई ताज पहिर्याएकी थिइन्।

विजेता अन्जना जोशीले २५ हजार बराबर कौसी खेतीका सामग्रीहरू प्राप्त गरिन्। यस्तै दोस्रो भएकी गङ्गा तिमल्सिनाले पनि २० हजार बराबर कौसी खेतीका सामग्रीहरू प्राप्त गरिन्। यसैगरी तेस्रो भएकी कमला घिमिरेले पनि १५ हजार बराबर कौसी खेतीका सामग्री प्राप्त गरिन् ।

प्रज्ञान क्रिएसन प्रालिद्वारा सञ्चालित कृषिसम्बन्धी अनलाइन हलोखबर डटकमले प्रत्येक वर्ष कौसी क्वीन प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा देशभरबाट २५ जना भन्दाबढीको सहभागिता रहेको थियो । बढ्दो सहरीकरणसँगै सहरका कौसीमा पनि तरकारी तथा फलफूल खेती प्रवर्द्धन गर्ने र कौसीखेती गरिरहेकाहरूलाई थप प्रोत्साहित गर्न कार्यक्रम गर्दै आएको प्रज्ञान क्रिएसनका अध्यक्ष मनोज श्रेष्ठले बताए ।

Logo