राष्ट्रपति चीनबाट फर्किएपछि प्रधानमन्त्री कम्बोडिया र भियतनाम जाने

राष्ट्रपति चीनबाट फर्किएपछि प्रधानमन्त्री कम्बोडिया र भियतनाम जाने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी ओली वैशाख अन्तिम साता भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणमा जान लागेको सार्वजनिक गरेका छन्  । ‘हामी गृहकार्य गरिरहेका छौँ,’ ज्ञवालीले भने, ‘द्वन्द्वले जर्जर भएका ती मुलुक अहिले सन्तोषजनक आर्थिक वृद्धिमा छन् । त्यो अनुभव हाम्रा लागि उपयोगी हुन सक्छ ।’ यसका लागि प्रधानमन्त्री ती देशको भ्रमणमा जान लागेको उनले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारी भने ११ वैशाखमा चीनको राजकीय भ्रमणमा जाने तय भइसकेको छ । परराष्ट्रमन्त्री ज्ञवालीले गणतन्त्र स्थापनापछि नेपालबाट राष्ट्रप्रमुखको तहमा हुने यो पहिलो राजकीय भ्रमण रहेको बताए । राष्ट्रपति भण्डारी र उनका चिनियाँ समकक्षी सी जिनपिङसँग वार्तापछि पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा दुवै देशका अधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम छ ।

Skip This
Skip This
Logo