श्रीलंकामा आईतबार भएको शृंखलावद्ध विस्फोटमा परी मृत्यु हुनेको संख्या २९० पुगेको छ । मृतकमा ३६ विदेशी नागरिक रहेको प्रहरीले जनाएको छ ।
श्रीलंका प्रहरीले पाँच सयभन्दा बढी मानिस घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने जनाएको छ ।प्रहरीले विस्फोटमा संलग्न भएको आशंकामा २४ जनालाई गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका सबै श्रीलंकाली नागरिक हुन् । घटनामा विदेशी समूहको संलग्नताबारे समेत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यसैबीच कोलम्बो विमानस्थल नजिकै ‘पाइप बम’ फेला परेको छ । ६ फिट लामो बम श्रीलंकाली वायुसेनाले निस्क्रिय तुल्याएको छ ।





























प्रतिक्रिया