नेकपाले ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगायो

नेकपाले ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगायो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आईतबार साझ बसेको सचिवालय बैठकले ७७ वटै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आज विहान बालुवाटारमा अध्यक्षद्वय ओली, प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव पौडेलबीच छलफल भएको थियो । यसअघि शुक्रबार दुवै अध्यक्षको परामर्शपछि महासचिव पौडेलले शनिवार बिहानै बरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए । पौडेल आइतबार बिहानैदेखि शीर्ष नेताहरुसँग परामर्शमा थिए । ७७ जिल्लाकै अध्यक्ष र सचिवको नाम सोमबार प्रज्ञा भवनका कार्यक्रम गरेर सार्वजनिक गरिने नेकपाले जनाएको छ ।

 

 

Skip This
Skip This
Logo