आइएमई इन्स्योरेन्स र भरपर्दो सहकारीबीच सम्झौता

आइएमई इन्स्योरेन्स र भरपर्दो सहकारीबीच सम्झौता

केन्द्रबिन्दु
0
Shares

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच आइजीआई बिद्यार्थी बीमालेख सम्बन्धि सम्झौता भएको छ।

संस्थाका सदस्य विद्यार्थीहरुको लागि आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आइजीआई विद्याथी बीमालेख मार्फत सेवा लिने दिने सम्बन्धि सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश तिमल्सिनाले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात सहकारी संस्थामा खाता संचालन गर्ने सदस्य विद्यार्थीहरुलाई बीमा सेवा प्रदान गर्ने उल्लेख भएको छ । उक्त अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सहकारी संस्थाले आफैले बीमा शुल्क भुक्तानी गरेर आफना विद्यार्थी ग्राहक महानुभावहरुको व्यक्तिगत दुर्घटना, औषधोपचार तथा मासिक शुल्क समेत साथै निज विद्यार्थीको आमा वा बुबाको हकमा दुर्घटना बीमा समेतको रक्षावरण गर्ने जनाएको छ।

Logo