प्रचण्डलाई सांसद गैरेकाे सुझाव- ‘उडायो सपना सबै हुरी’ले गीत गाएर राजीनामा दिनुस्

प्रचण्डलाई सांसद गैरेकाे सुझाव- ‘उडायो सपना सबै हुरी’ले गीत गाएर राजीनामा दिनुस्

केन्द्रबिन्दु
24
Shares

नेकपा (एमाले)का सांसद ठाकुर गैरेले अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल राजीनामा दिएर नयाँ सरकार गठनको मार्गप्रशस्त गर्न सुझाव दिएका छन् । देश प्राकृतिक विपत्तिमा परिरहेको बेलामा घोर अल्पमतमा पुग्दा पनि सरकार नछाडेको भन्दै उनले यस्तो सुझाव दिएका हुन्।

साेमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद गैरेले भने, ‘सरकार घोर अल्पमतमा परेको छ, यस्तो पनि हुँदो रहेछ कहिले कहिले ? भन्दै गीत गाएर बसेको छ। बरू, उडायो सबै सपना हुरिले भन्ने गीत गाए हुने नि।’ प्रधानमन्त्री प्रचण्ड ‘धारापानी र संविधानमा प्वाल खोज्दै हिँडेको’ उनकाे आरोप छ ।

Skip This
Skip This
Logo