बुटवल । अंग्रेज फौजमाथि विजय हासिल गरेको ऐतिहासिक जितगढी किल्लामा पहिलो पटक नेपालकै ठूलो राष्ट्रिय झण्डा फहराइएको छ । बुटवल उपमहानगर १ स्थित जितगढीमा ५५ फिट अग्लो टावरमा ९ फिटको झण्डा फहराइएको हो । ९ फिट उचाईकै कर्णेल उजिरसिंहको तामाको पूर्ण कदको शालिक समेत अनावरण गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार नेपाली राष्ट्रिय झण्डाको झण्डोत्तलन र शालिकको अनावरण गरेका हुन् । त्यस अवसरमा जितगढी किल्लामा राखिएको राष्ट्रिय झण्डा र शालिकलाई नेपाली सेनाले सलामी अर्पण गर्नुका साथै सराय नाच प्रदर्शन गरेको छ ।
१८७२ साल वैशाख ७ गते जितगढीमा अंग्रेज-नेपाल युद्धका क्रममा नेपाली सेनाले जनरल उड नेतृत्वको अंग्रेज फौजमाथि विजय प्राप्त गरेको थियो ।































प्रतिक्रिया