एसईई दिएका विद्यार्थीका लागि एनसेलको एक रुपैयाँमा पहिलो सिम अफर

एसईई दिएका विद्यार्थीका लागि एनसेलको एक रुपैयाँमा पहिलो सिम अफर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

एनसेलले एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै ‘पहिलो सिम’ अफर प्रस्तुत गरेको छ । यो पहिलो सिमको मूल्य जम्मा १ रुपैयाँ कायम गरिएको छ । सिममा दिन र रातको डाटा प्याक, प्रत्येक पटकको रिचार्जमा एसएमएस र डाटा बोनस तथा माइ फाइभ समाविष्ट छन् । यस अफरमा सहभागी हुने विद्यार्थीहरूले सिम आफ्नो नजिकैको एनसेल सेन्टरबाट प्राप्त गर्न सक्ने सो कम्पनीले जनाएको छ । सिम प्राप्त गर्न विद्यार्थीहरूले एसईई परीक्षा दिएको प्रवेशपत्र र अभिभावकका नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो एक थान लिएर जानुपर्ने सो कम्पनीले जनाएको छ ।

एसईई सिममा समाविष्ट अफरअन्तर्गत मात्र १७ रुपैयाँ ७० पैसामा दैनिक डाटा प्याकहरूः दिनको प्याकमा ३०० एमबी, जुन बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म कायम रहनेछ र रातको प्याकमा असीमित इन्टरनेटको सुविधा रहेको छ । यसैगरी, राति ११ बजेदेखि बिहान ७ बजेसम्म कायम रहनेछ । सिम सुचारु गरेपछि यदि ग्राहकले ५० रुपैयाँ वा त्यसभन्दा बढीको रिचार्ज गरेपछि २४ घण्टाका लागि १०० एमबी डाटा र १०० एसएमएस सित्तैमा प्राप्त गर्ने र माइ फाइभ सेवा एक वर्षका लागि निःशुल्क प्राप्त हुने सो कम्पनीले जनाएको छ । सो कम्पनीका अनुसार यसमा ग्राहकले कुनै पनि पाँचवटा एनसेल नम्बरसँग ३० दिनका लागि शून्य पैसामा र ३० दिनपछि शून्य दशमलव ९९ पैसामा ११ महिनाका लागि जोडिन सक्नेछन् । यो पहिलो सिम अफर शुक्रबारदेखि आगामी ९० दिनसम्म लागू गरिएको सो कम्पनीले जनाएको छ ।

Skip This
Skip This
Logo