‘राजनीति कर्पोरेट हाउसका बिचौलियाहरुले सञ्चालन गर्ने भए’ -माधव सापकोटा

‘राजनीति कर्पोरेट हाउसका बिचौलियाहरुले सञ्चालन गर्ने भए’ -माधव सापकोटा

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अब माओवादीले सशक्त प्रतिपक्षका रुपमा भूमिका खेल्ने बताएका छन् ।

आज प्रतिनिधि सभाको बैठक पश्चात उनले सरकारमा जाने दलहरुले पारदर्शी तरिकाले काम गर्न सक्ने गुन्जाएस नभएको भन्दै जनताका मुद्धाहरुलाई संसदमा लंजान सशक्त प्रतिपक्षका रुपमा भूमिका खेल्ने बताए ।

उनले भने, ‘मलाई लाग्छ उहाँहरुले ठिक तरिकाले पारदर्शी तरिकाले काम गर्न सक्ने गुन्जाएस त देखिदैँन् । ठिक तरिकाले जनताका मुद्धाहरुलाई आवाजका रुपमा संसदमा सशक्त प्रतिपक्षका रुपमा भूमिका खेल्छौं ।’

यस्तै, उनले राजनीति राजनेताहरुले होईन्, कर्पोरेट हाउसका बिचौलियाहरुले सञ्चालन गरेको भन्दै आगामी दिनमा यी कुराहरु संसदमा आवाजका रुपमा उठाउने बताए । उनले भने, ‘राजनीति, राजनीति दलका कार्यहरु र नेताहरुबाट परिचालित होईन्, बिचौलिया, कर्पोरेट हाउसहरुबाट राजनीति बढि परिचालित भयो यसले राम्रो संकेत गरेको छैन् । राजनीति राजनेताहरुले होईन्, कर्पोरेट हाउसका बिचौलियाहरुले सञ्चालन गर्ने भयो । आगामी दिनमा पनि यी कुराहरु संसदमा आवाजका रुपमा उठाउछौं ।’

उनले विश्वासको मत पुग्दैँन् भन्ने थाहा भएपनि लोकतन्त्रको अभ्यास गर्न खोजेको भन्दै राष्ट्रपतिले कानून र संविधानमा रहेर निर्णय गर्ने आशा गरेको बताए । प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचनमा लाने कुरा कानूनी, राजनीतिक र जनमत विपरित रहेकाले स्विकार्य नहुँने उनको भनाई छ ।

Logo