भारतमा आज दोस्रो चरणको निर्वाचन हुँदै

भारतमा आज दोस्रो चरणको निर्वाचन हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

भारतमा दोस्रो चरणको निर्वाचन आज बिहानबाट शुरू भएको छ । लोकसभाको ५४३ सिटमध्ये १३ राज्यमा ९७ सिटका लागि आज मतदान शुरू भएको हो । भारतीय निर्वाचन आयोगले दोस्रो चरणको चुनावअघि पश्चिम–बंगाल राज्यमा विशेष चुनाव पर्यवेक्षक खटाएको छ ।

आज तमिलनाडु, कर्नाटक, महाराष्ट्र, उत्तर प्रदेश, आसाम, विहार, उडिसा, छत्तिसगढ, पश्चिम बंगाल, जम्मु कास्मिर, मनिपुर, त्रिपुरा र पुडुचेरीमा निर्वाचन हुँदैछ । अप्रिल ११ बाट सुरु भएको निर्वाचन मे १९ मा सम्पन्न हुनेछ । जारी निर्वाचनका लागि ९० करोड भन्दा बढी मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने छन् ।
एजेन्सी

Logo