भागेर बिहे गरेका प्रेमी प्रेमिका १५ दिनपछि फर्किए, गाउँलेले १ घण्टा कुखुरा बनाए

भागेर बिहे गरेका प्रेमी प्रेमिका १५ दिनपछि फर्किए, गाउँलेले १ घण्टा कुखुरा बनाए

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । पछिल्लो समय मागी विवाह भन्दा भागी विवाहले बढी प्राथमिकता पाईरहेको छ । आफुले मन परेको केटा केटीसँग भागेर विवाह गर्ने प्रचलन बढेको हो । विशेषगरी घरपरिवारको स्वीकृति छैन्, भने यस्तो गर्ने गरिन्छ । र पछि गएर घर परिवारले पनि यसलाई स्वीकृति प्रदान गर्छन् । तर भारतमा प्रेम विवाह गर्ने एक जोडीलाई समाजले अनौठो सजाय दिएको छ ।

भागेर विवाह गरेको आरोपमा एक प्रेमी प्रेमिकालाई कुखुरा बनाएर सजाय दिईएको हो । उत्तर प्रदेशको प्रतापगढमा ३ तीन सन्तानकी आमा एक युवकसँग भागेकी थिईन् । भागेको १५ दिनपछि घर फर्किएका दुवैलाई गाउँलेले यस्तो सजाय दिएका हुन् ।

घर फर्किएका उनीहरुलाई परिवारले अस्वीकार गरेपछि पञ्चायत बोलाईयो । प्रधान पञ्चले त्यहाँ उनीहरुलाई कुखुरा बन्ने सजाय सुनाए । उनीहरुले पनि सजाय स्वीकार गरेपछि उनीहरुलाई गाउँलेको अगाडि १ घण्टा कुखरा बनार्इयो । सजायपछि दुवैले आफूहरुले बिहे गरेको र सँगै बस्ने भनेपछि दुवैको परिवारले पनि अनुमति दिएको छ ।

Logo