प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियाको आज संसदीय सुनुवाइ हुँदैछ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव थपलियालाई चैत ११ गते संवैधानिक परिषदले प्रमुख आयुक्तमा सिफारिस गरेको थियो।
संसदीय सुनुवाइ समितिले थपलियालाई बुधबार दिउँसो २ बजे सुनुवाइका लागि बोलाएको छ। थपलियाविरुद्धका उजुरीकर्तालाई भने समितिले बुधवार बिहान ११ बजे छलफलका लागि बोलाएको छ । थपलियाविरुद्ध संसदीय सुनुवाइ समितिमा ६ वटा उजुरी परेका छन्।
थपलियामाथि चारवटा उजुरी समायोजनमा विभेद गरेका, संवैधानिक व्यवस्था पालना नगरेको लगायतका आरोप छन्। यस्तै, एक उजुरी उपेक्षित उत्पीडित तथा दलित वर्ग उत्थान विकास समितिको कार्यक्रम र बजेट कटौती गरेको विषयमा केन्द्रित छ। थपलियामाथि एक उजुरी राजनीतिक व्यक्ति भएको आरोप लगाइएको छ।
थपलियाको सुनुवाइपछि आजै राष्ट्रिय समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझाको सुनुवाइ हुनेछ ।





























प्रतिक्रिया