सिटिजन्स बैंक र महालक्ष्मी इन्स्योरेन्सबीच बीमा सेवा सम्बन्धी सम्झौता

सिटिजन्स बैंक र महालक्ष्मी इन्स्योरेन्सबीच बीमा सेवा सम्बन्धी सम्झौता

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सिटिजन्स बैंक इन्टरनेसनल र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबीच बीमा सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता पत्रमा सिटिजन्स बैंक इन्टरनेसनलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गर्नुभएको हो ।

यस सम्झौता पश्चात् सिटिजन्स बैंकका ग्राहकले बैंकको कुनै पनि शाखाबाट महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दाबी भुक्तानी लगायत सम्पूर्ण बीमा सम्बन्धी सेवा लिन सक्नेछन् । यसबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै छिटो, छरितो र सहज रुपमा जीवन बीमा सम्बन्धी सेवा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले ८१ वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईबाट करिब चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Logo