आइएमई जेटीआई टेनिस टुर्नामेन्ट शुरु, विजेताले ३ लाख २६ हजार पुरस्कार पाउने

आइएमई जेटीआई टेनिस टुर्नामेन्ट शुरु, विजेताले ३ लाख २६ हजार पुरस्कार पाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आइएमई जेटीआई ग्राण्ड जुनियर एकलओपन टेनिस प्रतियोगिताको दोस्रो संस्करण शुरु भएको छ । आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आइएमई फाउन्डेसनको आयोजनामा गत वर्षदेखि हुँदै आएको प्रतियोगितामा यस पटक पोखरा बुटवल लगायत देशका अन्य स्थानबाट १ सय ११ जना प्रतिष्पर्धीहरू सहभागी हुनेछन् ।

तीन लाख २६ हजार रुपैयाँ पुरस्कार राशिको उक्त एकल प्रतियोगिताको उद्घाटन आइएमई फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, काठमाडौं टेनिस संघका उपाध्यक्ष गोपाल दास मानन्धर, गृह मन्त्रालयका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई र टेनिस संघका पुर्व अध्यक्ष हेम लामाले संयुक्त रुपमा उद्घाटन गरेका छन् । प्रतियोगिता सोमबारदेखि दशरथ रङ्गशालामा सुरु भएको हो ।

८ वर्षदेखि १४ वर्षसम्मका बालबालिकाहरुले भाग लिने उक्त प्रतियोगिता शनिबारसम्म संचालन हुनेछ । आइएमई फाउन्डेसन आइएमई ग्रुपद्वारा संचालित एक मुनाफारहित परोपकारी संस्था हो । आइएमई ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतका कार्यहरू यहि फाउन्डेसन मार्फत गर्दै आइरहेको छ ।

Skip This
Skip This
Logo