परराष्ट्रमन्त्री डा. राणासँग अमेरिकी राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्री डा. राणासँग अमेरिकी राजदूतको शिष्टाचार भेट

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले आज शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा उनीहरूबीच नेपाल-अमेरिका सम्बन्धका विविध पक्षहरूका साथै द्विपक्षीय हितका बारेमा छलफल भएको थियो । भेटमा पारस्परिक लाभका विविध पक्ष, विकास तथा साझेदारीका विषयमासमेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Skip This
Skip This
Logo