नेपाललाई युएईको चुनौतीपूर्ण लक्ष्य

नेपाललाई युएईको चुनौतीपूर्ण लक्ष्य

केन्द्रबिन्दु
21
Shares

श्रीलंकामा आजबाट सुरु भएको नवौँ संस्करणको एसिया कप टी-२० महिला क्रिकेटको पहिलो खेलमा युएईले नेपाललाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११५ रन जोडेको हो । युएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन जोडिन् । उनले ३९ बल खेल्दा २ चौका प्रहार गरिन् । यस्तै, कविशा इगोडागेले २२ रन, समाइरा धरनिधर्क १३ रन तथा कप्तान इशा ओझा १० रनमा समेटिइन् ।

अन्यले दोहोरो रन छुन सकेनन् ।

यता बलिङतर्फ नेपालका लागि कप्तान इन्दु बर्माले ३ विकेट लिइन् । सबनम राई, कविता जोशी र कृतिका मरासिनीको हातमा एकएक विकेट रह्यो ।

दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । जसमा नेपालसहित भारत, पाकिस्तान र यूएई छन् । समूह बी मा बंगलादेश, थाईल्यान्ड, श्रीलंका र मलेसिया छन् । तर नेपाललाई एसिया कप इतिहासमै पहिलो जित निकाल्न चुनौती छ ।

Logo