युएईविरुद्ध नेपालकाे पहिलाे विकेट पतन, रानामगरले १७ बलमा ७ रन जाेडिन्

युएईविरुद्ध नेपालकाे पहिलाे विकेट पतन, रानामगरले १७ बलमा ७ रन जाेडिन्

केन्द्रबिन्दु
21
Shares

नेपालले श्रीलंकामा आजबाट सुरु भएको नवौँ संस्करणको एसिया कप टी-२० महिला क्रिकेटको पहिलो खेलमा युएईविरुद्ध मध्यम सुरुवात गरेको छ ।

श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा युएईले दिएको ११६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा नेपालले छैठौं ओभरको पहिलो बलमा सिता रानामगरलाई गुमाएको हो । उनी १७ बल खेलेर ७ रनमा आउट भइन् । एक विकेटको क्षतिमा ३९ रन नेपालले जोडेको छ । हाल ओपनर खड्काले २१ रन प्रहार गरेर क्रिजमा छिन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११५ रन जोडेको थियाे । युएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन जोडिन् । उनले ३९ बल खेल्दा २ चौका प्रहार गरिन् । यस्तै, कविशा इगोडागेले २२ रन, समाइरा धरनिधर्क १३ रन तथा कप्तान इशा ओझा १० रनमा समेटिइन् ।

अन्यले दोहोरो रन छुन सकेनन् ।

यता बलिङतर्फ नेपालका लागि कप्तान इन्दु बर्माले ३ विकेट लिइन् । सबनम राई, कविता जोशी र कृतिका मरासिनीको हातमा एकएक विकेट रह्यो ।

Logo