आइसीसी यू–१९ विश्वकपको एशिया छनोटमा नेपालले मलेसियाबिरुद्ध शानदार जित हासिल गरेको छ ।
नेपालले मलेसियालाई ८ विकेटले हराएको हो । टस हारेर पहिला व्याटिङ गरेको घरेलु टोली मलेसिया ३३.४ ओभरमा अल आउट हुँदै ९२ रन बनाएको थियो।
९३ रनको लक्ष्य पक्ष्याएको नेपालले १३ ओभरमा दुई विकेट गुमाउदै पुरा गर्यो । ४२ रन हुँदा नेपालले पहिलो विकेट गुमायो । नेपालका ओपनर पवन सराफ ब्यक्तिगत १९ रनमा आउट भए । उनले १३ बलमा २ चौका र एक छक्का प्रहार गरे । त्यसपछि दोस्रो विकेटका लागि आसिफ शेख र रित गौतमले उत्कृष्ट ४६ रनको साझेदारी गर्दै टिमलाई सहज जित दिलाए । जसमा रितले ३९ रन बनाए भने आसिफ शेखले २६ रनको योगदान गरे ।
त्यस अघिमलेसियाका इजित फिक्वीले सर्वाधिक ३७ रन बनाउँदा मोहम्मद अमिरले १३ रन जोडे भने हकिम हसरनले १० रन बनाए। मलेसियालाई सस्तैमा समेट्न नेपालका बलरहरु पवर्न शर्राफ र कुशल मल्लले तीन तीन विकेट लिएका छन् । यसैगरी कमलसिंह ऐरीले २ तथा सागर ढकालले एक विकेट लिए ।































प्रतिक्रिया