कास्की
कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्य समितिको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । १४ बुँदे पोखरा घोषणापत्र जारी गर्दैै सम्मेलन सम्पन्न भएको हो ।
समितिका अध्यक्ष गोविन्द पुडासैनीद्वारा हस्ताक्षर गरी जारी गरिएको घोषणापत्रको पहिलो नम्बरमा जिल्ला कोषाध्यक्षहरुको काठमाडौं र धादिङमा भएका सम्मेलनले जारि गरेका घोषणपत्रलाई अबिलम्व कार्यान्वयन गर्न र पार्टीको महासमिति बैठकमा उठेका विषयलाई विधानमा समावेश गर्न पार्टीलाई आग्रह गरिएको छ ।
त्यसैगरी केन्द्रदेखि तल्लो तहसम्म निर्वाचनमार्फत कोषाध्यक्ष चयन गर्न गुट उपगुटको भागबण्डा अन्त्य गर्दै योग्यता र स्वच्छ छवि भएकालाई पार्टीमा उचित स्थान दिन, प्रशिक्षण जस्ता कार्यक्रम अघि बढाउन, भातृ तथा शुभेच्छुक संस्थाको निर्वाचन निर्धारित समयमा गराउन, क्रियाशील सदस्यता पारदर्शी, वैज्ञानिक र निष्पक्ष भएर वितरण गर्न, मुलुकमा हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारविरुद्ध विरोधका कार्यक्रम अघि सार्न पार्टीलाई आग्रह गरिएको छ ।
कास्की निर्वाचन क्षेत्र नं. २ लगायत संघ, प्रदेश र स्थानीय तहका रिक्त स्थानमा संविधान बमोजिम निर्वाचन गराउन सरकारसँग माग गर्दै कांग्रेस उम्मेद्वारलाई विजयी गराउन सक्रिय बन्ने, जिल्लामा आर्थिक अभाव हुन नदिन लेवि संकलन गर्ने र ६ महिनाभित्र सबै जिल्लामा १० लाख रुपैयाँको आर्थिक कोष निर्माण गर्ने सम्मेलनले निर्णय गरेको छ ।
नागरिकबाट































प्रतिक्रिया