सुडान: सैन्य कू गरेकाे दाेस्राे दिनमै सेना प्रमुखद्वारा राजीनामा

सुडान: सैन्य कू गरेकाे दाेस्राे दिनमै सेना प्रमुखद्वारा राजीनामा

केन्द्रबिन्दु
0
Shares

अफ्रिकी मुलुक सुडानका सेना प्रमुखले राजीनामा दिएका छन् ।

उनले तीन दशकदेखि सत्तामा रहेका राष्ट्रपति ओमर अल बसिरलाई पक्राउ गरेर बिहीबार सुडानको साशन सत्ता आफ्नो हातमा लिएका थिए । सुडानको रक्षामन्त्री समेत रहेका सेना प्रमुख अवाद इब्न अउफ सैन्य परिषदमा प्रमुख समेत रहेका थिए । तर, पछिल्लो केही महिनादेखि राष्ट्रपति ओमरविरुद्ध प्रदर्शन गर्दै आएकाहरुले सैन्य कू को विरोधमै प्रदर्शन गरे ।

अउफ पनि बसिर निकट भएको प्रदर्शनकारीहरुको बताएका थिए । कर्फ्युको समेत बेवास्ता गरेर प्रदर्शन जारी राखेपछि सैन्य परिषदका प्रमुख रक्षा मन्त्री अवाद इब्न अउफले राष्ट्रिय टेलिभिजन मार्फत सम्बोधन गर्दै पद छाडेको घोषणा गरेका हुन् । उनले आफ्ना उत्तराधिकारीको रुपमा लेफ्टिनेन्ट जनलर अब्देल फतह अब्देलहमान बुर्हानलाई रोजेका छन् ।

मूल्य वृद्धि भएपछि बसिर शासनविरुद्ध डिसेम्बरबाट प्रदर्शन शुरु भएको थियो । त्यस क्रममा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

Logo