काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाडौंका विभिन्न ठाउँमा विद्युत् कटौती गर्ने भएको छ ।
प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालका अनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नुपर्ने भएकाले शनिबार मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत् कटौती गर्न लागिएको हो ।
यस सबस्टेशनबाट विस्तारित धोबिखोला, वाग्मती, कोटेश्वर, बानेश्वर, पुरानो एयरपोर्ट, लुभू लगायतका ठाउँमा विद्युत् कटौती हुने भएको छ । प्राधिकरणले बानेश्वर सबस्टेशनको ११ केभी बसबारमा मर्मत गर्न लागेको छ ।
प्राधिकरणले विद्युत् कटौती हुँदा पर्ने असुविधाप्रति उपभोक्तासँग क्षमा माग्दै निर्धारित कार्य समय अगाडि नै सकिएको खण्डमा विद्युत् प्रवाहसमेत हुन सक्ने जनाएको छ ।





























प्रतिक्रिया