सत्ता पक्षमा हुँदैमा गलतलाई सत्य भन्न सकिँदैनः डा. शेखर कोइराला

सत्ता पक्षमा हुँदैमा गलतलाई सत्य भन्न सकिँदैनः डा. शेखर कोइराला

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले १० वर्षमा संविधानमा पुनरावलोकन वा परिमार्जन गर्नुपर्ने संवैधानिक वाध्यता रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन केन्द्रीय समितिले आयोजना गरेको ‘संविधान संशोधन र प्रेस तथा अभिव्यक्ति’ विषयक विचार गोष्ठीमा उनले पुनरावलोकन संविधानमै भएको व्यवस्था भएकाले कांग्रेस–एमालेले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताए । साथै सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनको कुरालाई ध्यान दिनुपर्ने बताए ।

‘ठूला दल एक ठाउँमा उभिंदा कतै निरङकुशता उब्जन्छ कि भन्न डर कायम छ । यसमा मिडियाले निरन्तर खवरदारी गर्नुपर्छ । सत्ता पक्षमा हुँदैमा गलतलाई सत्य भन्न सकिदैन् । संसदबाट सहीलाई सही र गलतलाई गलत हो भनेर कांग्रेस आवाज उठाउँछ,’ उनले भने ।

डा.कोइरालाले संविधान संशोधन गर्दा समावेशितालाई अझ बलियो बनाउनेगरी जानुपर्ने र निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्ने औंल्याए । संविधान संशोधन गर्ने नाममा ‘पेन्डोरा बक्स’ त खुल्ने होइन भन्ने डर भएकाले यसमा सचेत रहनुपर्ने सुझाए ।
मन्त्रीहरु खादा मालामा व्यस्त भएको उल्लेख गर्दै डा. कोइरालाले सरकारलाई गल्ती गर्ने र कुनै कमी कमजोरी गर्ने छुट नभएको बताए । नागरिकमा निराशा चिर्न र राष्ट्रलाई प्राथमिकतामा राखेर आशा जगाउनेगरी काम गर्ने बताए ।

उनले प्रेस स्वतन्त्रताले पनि राजनीतिक क्षेत्रमा ठुलो परिवर्तन आउने बताए । यस्तै उनले कांग्रेस र एमालेको सहकार्यमा बनेको सरकारले संविधान संशोधन गर्दा सबै राजनीतिक दलसँगै मिलेर अगाडि बढ्न आग्रह गरे । उनले सबै मिलेर गए मात्रै राजनीतिक स्थायित्व,आर्थिक विकास, सुशासन,भ्रष्टाचार मुक्त समाज बन्ने विश्वास व्यक्त गरे ।

Skip This
Skip This
Logo