सरकारविरुद्ध आन्दोलनमा उत्रिन राजेन्द्र महतोको आह्वान

सरकारविरुद्ध आन्दोलनमा उत्रिन राजेन्द्र महतोको आह्वान

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले सरकारविरुद्ध आन्दोलन गर्नुको विकल्प नरहेको दावी गरेका छन् । नेता महतोले सरकारले दुई तिहाई जनमतको दूरुपयोग गरेकाले पनि सरकारविरुद्ध आन्दोलनमा जाने निर्णय लिनु परेको स्पष्ट पारे ।

शुक्रबार काठमाडौंमा आयोजित ११ विद्यार्थी संगठनको एक कार्यक्रममा बोल्दै उनले सरकारविरुद्धको आन्दोलनमा होमिन सबै विद्यार्थी संगठनहरुलाई आह्वान गरे ।

नेता महतोले आन्दोलन गर्दा रेशम चौधरीलाई सरकारले जन्मकैदको सजाय दिने काम गरेको भन्दै आक्रोश व्यक्त गरे । नेता महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउतलाई आफ्नो दूत बनाएर मधेशमा पठाएको आरोप लगाए ।

Skip This
Skip This
Logo