‘फुटेका चुरा’ को चुरो कुराे यसरी खुलाए प्रकाश र अनिताले (भिडियोसहित)

‘फुटेका चुरा’ को चुरो कुराे यसरी खुलाए प्रकाश र अनिताले (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

यतिबेला गायक प्रकाश सपुत र गायिका अनिता चलाउनेको स्वरमा रहेको नयाँ गीत ‘फुटेका चुरा’ ले सर्वाधिक चर्चा कमाएको छ । करिव एक हप्त अघि सार्वजनिक गरिएको यो गीत युट्युबको ट्रेन्डिङ नं. १ मा समेत आएको थियो ।

गीतमा शब्द र संगीत गायक प्रकाश सपुतको रहेको छ । हरेकजसो गीतलाई कथा जस्तै प्रस्तुत गर्ने सपुतले यस गीतमा पनि त्यो प्रक्रिया दोहोर्‍याएका छन् । गीतको म्युजिक भिडियोमा सपुतकै निर्देशन छ ।

गीतमा गम्भीर विष्टको कोरियाेग्राफी छ । यस गीतको भिडियोमा नायिका नम्रता श्रेष्ठ, गायक सपुत, कविता नेपाली, अनिता चलाउने र निरज पन्थीको अभिनय छ।

कुनै एक देशकी रानी युद्धकला र नाचगानमा पोख्त दरबारको सिपाहीसँग आकर्षित भएको प्रसङ्गबाट गीतको उठान भएको छ । भिडियो निर्माण पक्ष पनि निकै नै उत्कृष्ट छ । गीतमा प्रयोग भएका टुक्काले गीतलाई रुचिकर बनाएको छ ।

गीतको परिकल्पनादेखि दृश्य निर्माणमा नयाँपन दिन खोजिएको गायक सपुतले बताए । गायक सपुतले गायिका अनिता चलाउनेसँग पहिलोपटक सहकार्य गरेका हुन् । गीतले छोटै समयमा दर्शकको माया राम्रो पाएको छ ।

यस पटक हामीले ‘फुटेका चुरा’ का गायक प्रकाश सपुत र गायिका अनिता चलाउनेसँग रमाइलो कुराकानी गरेका छौं । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश यो भिडियोमा :

 

Logo