जहाज दुर्घटनामा एकै परिवारका तीन जनाले गुमाए ज्यान

जहाज दुर्घटनामा एकै परिवारका तीन जनाले गुमाए ज्यान

केन्द्रबिन्दु
57
Shares

बुधबार पोखराका लागि उडेपछि दुर्घटनामा परेको जहाजमा एकै परिवारका तीन जनाले ज्यान गुमाएको खुलेको छ ।

सौर्य एयरलाइन्सका प्राविधिक मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र ४ वर्षीय छोरा अधिराज शर्माले दुर्घटनामा ज्यान गुमाएका हुन् । प्राविधिक मनुराज पोखरा जाने भएपछि श्रीमती प्रिजालाई अफिसबाट र छोरा अधिराजलाई विद्यालयबाट बोलाएर घुम्न पोखरा लग्दै थिए । सौर्य एयरलाइन्सले विवरणमा खतिवडा र उनका छोरालाई पनि कम्पनीकै कर्मचारीको रुपमा देखाए पनि उनीहरू यात्रु रहेको खुलेको छ ।

पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष प्रकाश खतिवडाकी जेठी छोरी प्रिजा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको ऊर्जा सचिवको सचिवालयमा कम्युटर अपरेटरको रुपमा कार्यरत थिइन् । बुधबार इन्जिन परीक्षणका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ह्यांगर प्रयोग गर्ने गरी विमान उडेको थियो । तर विमान उडेलगत्तै विमानस्थल क्षेत्रभित्रै दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा पाइलट मनिष शाक्य मात्र जिवितै उद्धार गरिएको छ । उनी हाल सिनामंगलस्थित केएमसी हस्पिटलमा उपचारत छन् ।

Skip This
Skip This
Logo