काठमाडौँ । नेपाली लोक गायक एलपी जोशीको बिहीबार साँझ निधन भएको छ । रिटिङ रिटिङ नबजाऊ बिनायो र वल्लो खोलो पल्लो खोलो जस्ता दर्जनौँ लोक गीतका गायक जोशीको ८८ वर्षको उमेरमा झापाको दमकमा निधन भएको हो ।
परिवारसँग खाना खाँदा एक्कासि ढलेर बेहोस भएपछि तत्कालै दमक अस्पताल लगिएको थियो । अस्पताल पुगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
रिटिङ रिटिङ नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो भन्ने गीतमार्फत नेपाली संगीत प्रेमीको मनमा बस्न सफल गायक जोशीको वल्लो खोलो, पल्लो खोलो, कमिलाको गोलो भनेर हो रानाज्यू भन्ने गीत निकै लोकप्रिय छ ।
जोशी धनकुटा जिल्लाको ६ नम्बरको बीच बजारमा १९९३ सालमा जन्मिएका थिए । पछिल्लो समय उनी झापामा बस्दै आएका थिए ।































प्रतिक्रिया