भारतमा आज पहिलो चरणको निर्वाचन हुँदै

भारतमा आज पहिलो चरणको निर्वाचन हुँदै

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली

भारतमा आजदेखि लोकसभा निर्वाचन सुरु हुँदैछ । यसपटक विभिन्न ७ चरणमा हुने लोकसभा निर्वाचन बिहीबारदेखि सुरु भएर १९ मे मा सम्पन्न हुनेछ भने २३ मे मा मतगणना हुने निर्वाचन तालिका छ । पहिलो चरणको निर्वाचनबाट लोकसभाका ५४३ मध्ये ९१ स्थानका लागि मतदान हुन लागेको हो ।

बिहीबार ( आज ) अन्डमान एन्ड निकोबार द्वीपको १, आन्ध्र प्रदेशका २५, अरुणान्चलका २, आसामका ५, बिहारका ४, छत्तीसगढको १, जम्मू कश्मिरका २, लक्ष्यद्वीपको १, महाराष्ट्रका ७, मणिपुरको १, मेघालयका २, मिजोरमको १, नागल्यान्डको १, उडिसाका ४, सिक्किमको १, तेलंगनाका १७, त्रिपुराको १, उत्तर प्रदेशका ८, उत्तराखण्डका ५ र पश्चिम बंगालका दुई लोकसभा सिटका लागि निर्वाचन हुन लागेको हो ।

लोकसभा निर्वाचन अन्तर्गत अप्रिल १८ मा दोस्रो, २३ मा तेस्रो, २९ मा चौथो, मे ६ मा पाँचौं, १२ मा छैठौं र मे १९ मा सातौं गरी ७ चरणमा लोकसभा निर्वाचन सम्पन्न हुनेछ । यो वर्ष भारतमा ९० करोडभन्दा धेरै योग्य मतदाता रहेका छन् । जुन अर्को दोस्रो ठूलो प्रजातन्त्र मानिने अमेरिकाको भन्दा चार गुणा धेरै हो । भारतले पहिलो आम चुनाव ब्रिटेनबाट स्वतन्त्र भएपश्चात् सन् १९५१/५२ मा गरेको थियो । यसपाली चुनावका लागि दश लाख मतदान केन्द्र स्थापना गरिएका छन् ।

Skip This
Skip This
Logo