१८ न्यायाधीशको सपथ

१८ न्यायाधीशको सपथ

केन्द्रबिन्दु
0
Shares

उच्च अदालतमा न्यायाधीशका लागि सिफारिस भएका १८ जना न्यायाधीशहरुलाई बुधवार पद तथा गोपनियताको सपथ खुवाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको उपस्थितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले सपथग्रहण गराएका हुन् ।

सपथग्रहण गर्नेमा किरण पौडेल, महेन्द्रनाथ उपाध्याय, रमेश ढकाल छन्, निलम पौडेल, राजेशकुमार काफ्ले,लेखनाथ ढकाल, कुलप्रसाद शर्मा, मोहम्मद जुने आजाद, बालमुकुन्द दुवाडी, नागेन्द्रलाल कर्ण रहेका छन् । त्यस्तै अधिवक्ताहरुबाट नियुक्त जगवहादुर थापा, सरला पाण्डे, विमल सुवेदी, रेणुका शाह, डालकुमार खड्का, उज्ज्वल शुक्ल र नवराज थपलियाले पनि सपथ लिएका छन् ।

उनीहरुलाई न्याय परिषदले केहि समयअघि सिफारिस गरेको थियो।सिफारिसमा परेकाहरु राजनीतिक भागबण्डाको आधारमा परेको भन्दै चर्को बिरोध भइरहेको छ।

Logo