तिब्बती धर्मगुरु दलाई लामा अस्पताल भर्ना भएका छन् ।
एक्कासी छातीमा समस्या देखिएपछि मंगलबार राति नयाँ दिल्लीस्थित एक अस्पतालमा भर्ना गरिएको हो । उनलाई थप दुई दिन अस्पतालमै राखिने भएको छ । अहिले उनको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जनाएको छ ।
स्वास्थ्यमा केही अप्ठ्यारो महसुस भएपछि विमानमार्फत् हिमाँचल राज्यको धर्मशालाबाट दिल्ली ल्याइएको थियो । त्यसअघि उनी नयाँ दिल्लीमा युवाहरुसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी भएर फर्केका थिए ।
दलाई लामा नोबेल शान्ति पुरस्कारबाट पुरस्कृत व्यक्तित्व समेत हुन् । उनी अहिले निर्वासित जीबन विताइरहेका छन्। एजेन्सी





























प्रतिक्रिया