छोराछोरी सामुदायिक विद्यालयमा भर्ना नगरे सुविधा रोक

छोराछोरी सामुदायिक विद्यालयमा भर्ना नगरे सुविधा रोक

केन्द्रबिन्दु
0
Shares

प्यूठान

माण्डवी गाउँपालिका देविस्थान प्यूठानले सरकारी सेवा सुविधा लिने जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गराउन निर्देशन दिएको छ ।

गाउँ शिक्षा समितिको सोमबारको बैठकले निर्देशन अटेर गरे सेवा सुविधामै रोक लगाउने समेत निर्णय गरेको हो । सामुदायिक विद्यालयमा पछिल्लो समय घट्दो आकर्षणलाई कम गर्न यस्तो निर्णय गरिएको अध्यक्ष श्रीधर रोका मगरले जानकारी दिए ।

सरकारी सेवासुविधा लिने तर सरकार मातहत संचालन भइरहेका शैक्षिक संस्थालाई वेवास्ता गर्ने परिपाटीलाई अन्त्य गर्न यस्तो पहलकदमी गर्नु परेको उनको भनाइ छ ।

निर्वाचित जनप्रतिनिधीलाई समेत नियम लागु हुने उनको भनाइ छ । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीका छोराछोरी र निजको संरक्षकत्वमा रहेका सन्तानलाई समेत सामुदायिक विद्यालयमा बालबच्चा भर्ना गराउन गाउँपालिकाले निर्देशन दिएको छ ।

गाउँपालिका भरी हाल संचालनमा रहेका २७ सामुदायिक विद्यालय मध्ये २ वटा संस्थागत छन् । गाउँपालिकाका शिक्षा शाखा प्रमुख दुर्गा खड्काका अनुसार पाँच हजार तीन सय ३३ जना विद्यार्थी अध्ययनरत छन् ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo