पोखरामा स्कुल बस दुर्घटनाः सहचालकको मृत्यु, २० विद्यार्थी घाइते[अपडेट]

पोखरामा स्कुल बस दुर्घटनाः सहचालकको मृत्यु, २० विद्यार्थी घाइते[अपडेट]

केन्द्रबिन्दु
60
Shares

काठमाडौँ । पोखरामा स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसकी सहचालक आरती विक रहेको पोखरा महानगर २१ का वडाध्यक्ष दीपक सुवेदीले बताएका छन् । पोखरा महानगरपालिकाको वडा नम्बर २१ मट्टीखान जाने बाटोमा एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको ग १ प ६२१९ नम्बरको बस दुर्घटना हुँदा चालक र अन्य २० जना विद्यार्थी घाइते भएका छन् ।

बसमा चालक, सहचालक र विद्यार्थी गरी २२ जना सवार थिए । घाइतेहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

Skip This
Skip This
Logo