कमल थापाको भाषण रोक्दा झडप, प्रहरीले बर्सायो लाठी

कमल थापाको भाषण रोक्दा झडप, प्रहरीले बर्सायो लाठी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्तामाथि लाठी चार्ज गरेको छ । सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको माग राख्दै प्रदर्शनमा उत्रिएका राप्रपा कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गर्दै लाठी बर्साएको हो ।

राप्रपाले रत्नपार्कदेखि प्रदर्शन सुरु गरी पद्मोदय मोडमा आई कोणसभा गरेको थियो । नेताहरु भ्यानमा चढेर भाषण गरेका थिए । प्रदर्शन अवधिभर सवारी साधनलाई रोकेको प्रहरीले २ बजेपछि तपाईंहरुको समय सकियो भन्दै एकतर्फी सवारी सुचारु गर्‍यो ।

भाषण गरिरहेका थापा प्रहरीसँग रिसाए र आफ्नो कार्यकर्तालाई बाटो बन्द गर्न निर्देशन दिए । राप्रपा कार्यकर्ताले बाटो बन्द गर्न खोजेपछि प्रहरीले उनीहरु हटाउन बल प्रयोग गरेको हो । नेताहरुले भाषण गरिरहेका बेला कार्यकर्ता सडक अवरुद्ध गर्न पुगेपछि झडप भएको हो ।

झडपका क्रममा २० भन्दा नेता कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेहरुमा विक्रम बहादुर थापा, घाइतेमा कुन्ती शाही, प्रकास रिमाल, महेश बहादुर सिंह, क्षत्र कडायत, भरत रायमाझीलगायत रहेका छन् । घाइतेको मोडल अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले राप्रपा अध्यक्ष कमल थापा, नेताहरु दीपक बोहरा र बुद्धिमान तामाङलाई केही समय नियन्त्रणमा लिएको थियो । पछि नेता तथा कार्यकर्ताहरुले खोसेर नियन्त्रणमुक्त पारेका हुन् ।

Logo