बारा
हुरीबाट अति प्रभावित फेटा गाउँपालिकाले पिडितलाई परिचयपत्र लागू गरेको छ । दातृ संघसंस्था र व्यक्तिबाट प्राप्त राहत सहयोग दुरुपयोग भइरहेको गुनासो आउन थालेपछि गाउँ कार्यपलिका बैठकले परिचयपत्र लागू गर्ने निर्णय गरेको हो ।
फेटा गाउँपालिका १, ३, ६ र ७ का करिव ५ सय जनालाई परिचयपत्र बाँडिएको गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादले बताउनुभयो । वडा नं. १, भलुही र भरबलिया गाउँमा परिचयपत्र वितरण कार्य भइरहेको पनि उहांले जानकारी दिनुभयो । ‘राहत वितरण अव्यवस्थित र गैह्पीडितले समेत लिने गरेकाले परिचयपत्र वितरण गर्नु परेको हो,’ उहांले भन्नुभयो– ‘कुन परिवारमा धनमालको के कस्तो स्तरको क्षति भएको छ , सो को विवरण खुलाएर परिचयपत्र बनाइएको छ ।’ उहांका अनुसार परिचय पत्र बनेकाले मात्र राहत सहयोग प्राप्त गर्नेछन् ।
यसैबीच जिल्ला विपद व्यवस्थापन समितिले संकलन गरेको पिडित परिवारको तथ्याङ्गक विश्वसनीय नदेखिएपछि उद्धारमा सक्रिय नेपाली सेनाले आफ्नै जनशक्ति मार्फत छुट्टै लगत लिने काम शुरु गरेको छ । प्रभावित क्षेत्रमा राहत र भङ्गाबशेष सम्याउने कार्य गर्दै आएको नेपाली सेनाले आन्तरिक रुपमा लगत संकलन शुरु गरेको छ । सरकारले हुरीले भत्काएका घर÷भवन पुर्ननिर्माणको समेत जिम्मा दिएपछि सेनाले वास्तविक तथ्याङ्क आवश्यक रहेको महशुस गरेको छ ।
यसअघि समितिले संकलन गरेको प्रारम्भिक तथ्यांक अनुसार जिल्लामा १ हजार ८ सय ५५ घरमा हुरीले क्षति पु–याएको छ । जसमा ९ सय ४० घर पूर्णरूपमा ध्वस्त भएका छन् । ९ सय ५५ घरमा आंशिक क्षति पुगेको छ । स्थानीय तहबाट प्राप्त विवरणहरुको विश्लेशषणपछि समितिले सो तथ्याङ्क सार्वजनिक गरेको हो । ‘व्यक्तिगत सम्पर्क र प्रभावको आधारमा गैह्रपीडितको पनि क्षति देखाइएको छ, सुरक्षा स्रोतले भन्यो, गैरपीडितले फाइदा लिन नसकुन र वास्तविक पीडित पनि बन्चित हुन नपरोस् ।’
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया