भारतको वायनाड पहिरोमा परी मृत्यु हुनेको संख्या १४३ पुग्यो

भारतको वायनाड पहिरोमा परी मृत्यु हुनेको संख्या १४३ पुग्यो

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । भारतको केरला राज्यको वायनाडमा मंगलबारको पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय ४३ पुगेको छ । पहिरोमा परी घाइते भएका १२८ जनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

लगातारको मनसुनी वर्षापछि मंगलबार राति पटकपटक गएको पहिरोका कारण वायनाड जिल्लाका विभिन्न क्षेत्रमा ठूलो धनजनको क्षति भएको छ । पहिरो प्रभावित क्षेत्रमा अहिले पनि भारी वर्षा भइरहेका कारण उद्धार तथा राहत प्रभावित भएको छ ।

त्यसैगरी, अविरल वर्षाका कारण आएको पहिराले पुल बगाएपछि सेनाले अस्थायी पुल प्रयोग गरी १ हजारभन्दा बढीको उद्धार गरेको जानकारी दिएको छ ।

Skip This
Skip This
Logo