सडक खन्ने क्रममा पहिरोले पुरिएर जेसीबी चालकको मृत्यु

सडक खन्ने क्रममा पहिरोले पुरिएर जेसीबी चालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङ । सडक खन्ने क्रममा खसेको पहिरो खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । सडक खन्ने क्रममा पहिरोमा पुरिए सिन्धुलीका जेसीबी मेसिनका अपरेटर २५ वर्षीय वीरबहादुर तामाङको मृत्यु भएको हो । पहिरोले जेसीबी पनि पुरिएको छ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका-५ पेदाङमा सडक खन्ने क्रममा पहिरो खसेको थियो ।

जोरपुलदेखि राष्ट्रिय मावि पेदाङ जाने सडक खनिररहेका बेला पहिरो खसेको थियो । आइतबार बिहान पेदाङको मुक्तुरा भिर काट्ने क्रममा पहरा फुटेर चालकसहित जेसीबी पुरिएको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी संजयसिंह थापाले जानकारी दिए ।

मेसिन पूर्ण रुपमा पुरिएकाले चालक पनि भित्रै च्यापिएका थिए । उनको उद्दार गर्ने क्रममा मृत फेला परेको डिएसपी थापाको भनाई छ । मेसिनसँगै पुरिएका चालकको उद्धारका लागि अर्को जेसीबी झिकाइएपनि उद्दारमा ढिलाई हुँदा तामाङको मृत्यु भईसकेको थियो । सिन्धुली घर भएका चालक तामाङ दुई दिनअघि मात्रै सिरिजंघामा पुगेका थिए।

Logo